Rule 3
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम प्रकाशन गर्नुपर्ने
(१) आयोगले ऐनको दफा ३ को उपदफा (१) बमोजिम प्रत्येक निर्वाचन क्षेत्रभित्रका गाउँ विकास समिति र नगरपालिकाको वडाको मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रम आयोगले आवश्यकता अनुसार राष्ट्रियस्तरको सञ्चार माध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्नेछ ।